Tuesday, November 6, 2012

अमेरिकी राष्ट्रपतिमा पुनः ओबामा निर्वाचित

barak obama
अमेरिका मा भै रहेको राष्ट्र पति को चुनाब मा वर्तमान अमेरिकी राष्ट्रपति बराक ओबामा नै दोस्रोपटक निर्वाचित भएका छन् ।

जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले जित्नका लागि चाहिने २ सय ७४ इलेक्ट्रोल मत पाइसकेका छन् । भने यसै बीच प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले २०३ मत मात्र प्राप्त गरेको । अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हिजो मात्रै मैले अमेरिकी राज्य कसले सम्हाल्ला ?? भन्ने पोस्ट लेखेको थिएँ आज कसले सम्हाल्ने छिनो फानो भएको छ ।

ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुसीयाली मनाइरहेका छन् ।

अघिल्लो साता आएको आँधी स्याण्डीका कारण ओबामालाई जित्न कठिन हुने अनुमान गरिएको भएपनि उनले भारी मत अन्तरमा जितेका हासिल गर्न सफल भएका छन्  ।

Read more »

Monday, November 5, 2012

अमेरिकी राज्य कसले सम्हाल्ला ???


ल तपाई को मन मा पनि केहि उत्सुकता पकै पनि भएको हुनुपर्छ मेरो विचार मा ।  विश्वकै ध्यान आकर्षण गरेको महाशक्ति संयुक्त राज्य अमेरिकामा आज Nov 6 राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति बन्ने दौडमा छन् वर्तमान राष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नी । तपाई लाइ कसले बाजी मर्ला भन्ने लागेको छ र कसको समर्थन गर्नु हुन्छ ???
ह्वाइटहाउसमा पुग्न कस्ले बाजी मार्ला भन्ने उत्सुकता यतिबेला अमेरिकी नागरिकमा मा मात्रै हैन विश्वभरमै देखिएको छ भन्ने मलाई लाग्छ । प्रचार प्रसार अभियान सकिएलगत्तै निर्वाचनको अन्तिम घडीमा मानिसहरुको ध्यान कसलाई मत दिने भनेर अहिलेसम्म निर्णय लिइनसकेका मानिसहरुप्रति केन्द्रित छ ।

स्यान्डी आँधीपछि भने ओबामाको पक्ष बलियो भएको विश्लेषण गरिएको छ । स्यान्डीले नराम्ररी प्रभावित पारेको न्युजर्सी राज्यका गभर्नर रिपब्लिकनका  नेता क्रिस क्रिस्टीलेसमेत ओबामाको तारिफ गर्न थालेका छन् । पूर्व विदेशमन्त्री कोलिन पावेल पनि ओबामाको समर्थनमा ओर्लिएका छन् । रिपब्लिकन पार्टीका समर्थकलेसमेत स्यान्डी आँधीपछिको अवस्थालाई ओबामाले गरेको नेतृत्वको प्रशंसा गरेको खबर रही आएको छ  ।

Read more »