ल तपाई को मन मा पनि केहि उत्सुकता पकै पनि भएको हुनुपर्छ मेरो विचार मा । विश्वकै ध्यान आकर्षण गरेको महाशक्ति संयुक्त राज्य अमेरिकामा आज Nov 6 राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपति बन्ने दौडमा छन् वर्तमान राष्ट्रपति एवं डेमोक्रेटिक पार्टीका उम्मेद्वार बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्नी । तपाई लाइ कसले बाजी मर्ला भन्ने लागेको छ र कसको समर्थन गर्नु हुन्छ ???
ह्वाइटहाउसमा पुग्न कस्ले बाजी मार्ला भन्ने उत्सुकता यतिबेला अमेरिकी नागरिकमा मा मात्रै हैन विश्वभरमै देखिएको छ भन्ने मलाई लाग्छ । प्रचार प्रसार अभियान सकिएलगत्तै निर्वाचनको अन्तिम घडीमा मानिसहरुको ध्यान कसलाई मत दिने भनेर अहिलेसम्म निर्णय लिइनसकेका मानिसहरुप्रति केन्द्रित छ ।
स्यान्डी आँधीपछि भने ओबामाको पक्ष बलियो भएको विश्लेषण गरिएको छ । स्यान्डीले नराम्ररी प्रभावित पारेको न्युजर्सी राज्यका गभर्नर रिपब्लिकनका नेता क्रिस क्रिस्टीलेसमेत ओबामाको तारिफ गर्न थालेका छन् । पूर्व विदेशमन्त्री कोलिन पावेल पनि ओबामाको समर्थनमा ओर्लिएका छन् । रिपब्लिकन पार्टीका समर्थकलेसमेत स्यान्डी आँधीपछिको अवस्थालाई ओबामाले गरेको नेतृत्वको प्रशंसा गरेको खबर रही आएको छ ।
0 comments:
Post a Comment