जारी मतगणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार एवं वर्तमान राष्ट्रपति ओबामाले जित्नका लागि चाहिने २ सय ७४ इलेक्ट्रोल मत पाइसकेका छन् । भने यसै बीच प्रतिद्वन्द्वी रिपब्लिकन पार्टीका मिट रोम्नीले २०३ मत मात्र प्राप्त गरेको । अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हिजो मात्रै मैले अमेरिकी राज्य कसले सम्हाल्ला ?? भन्ने पोस्ट लेखेको थिएँ आज कसले सम्हाल्ने छिनो फानो भएको छ ।
ओबामाको पुनः जीतसँगै उनको चुनावी अभियान कार्यालयमा हजारौं सर्मथकहरुले खुसीयाली मनाइरहेका छन् ।
अघिल्लो साता आएको आँधी स्याण्डीका कारण ओबामालाई जित्न कठिन हुने अनुमान गरिएको भएपनि उनले भारी मत अन्तरमा जितेका हासिल गर्न सफल भएका छन् ।
0 comments:
Post a Comment